Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सशस्त्र प्रहरी जवान आन्नद मिश्राले आफैंलाई गोली हाने


  • आइतबार, फाल्गुन २५ २०७६

  • सशस्त्र प्रहरी जवान  आन्नद मिश्राले आफैंलाई गोली हाने

    सर्लाही – ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
    सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए ।

    सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij