Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिश्रलाई तर्साउन पाँच वर्ष कैद र १५ लाख जरिवानाको कानुन बनाउन चाहान्थे बास्कोटा


  • बिहिबार, फाल्गुन १५ २०७६

  • मिश्रलाई तर्साउन पाँच वर्ष कैद र १५ लाख जरिवानाको कानुन बनाउन चाहान्थे बास्कोटा

     

    काठमाडौं– झन्डै एक वर्षदेखी ओली सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटा तनावमा थिए । बाहिर रुखो र आक्रामक रुपमा प्रस्तुत भएपनि उनलाई सेक्युरेटी प्रेस खरिदको विषयलाई लिएर एजेन्ट भनिएका विजयप्रकाश मिश्रले गरेको टेप रेकर्डले पोलिरहेको थियो । आफु नजिक रहेका केहि पत्रकारलाई उनले विषयबस्तु नखुलाईकन एउटा टेप रेकर्डले आफुलाई समस्या परेको बताउने गरेका थिए । संभवत प्रधानमन्त्री केपी ओलीपनि यस विषयमा भलिभाति जानकार थिए ।
    टेप प्रकरणको असर बास्कोटाको भाषणमा पर्ने गरेको रहेछ । उनी बारम्बार आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्दै कुर्लन्थे । आफ्ना भाषणहरुमा भ्रष्टाचार र कमिसनको अफरहरु थुप्रै आउने गरेको बताउन छुटाउदैन्थे । आफुले कतिसम्म दिँदा रहेछन् भनेर जाँँच्ने गरेको उनी बताउँथे । तर उनले आफु मन्त्री बहाल रहेसम्म कहिल्यै कसले कति रकम अफर ग¥यो भनेर खुलाएनन् । ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो टेप मिश्रको हातमा छ भन्ने थाहा पाएपछि वातावरण बनाउन उनले यस्ता अभिव्यक्ति दिने गरेका थिए ।
    भाषणमा वातावरण बनाउँदैमा आफु नजोगिने देखेपछि उनले छिटो छरितो ढंगबाट कडा कानुन बनाउने उपाए लगाए । सूचना प्रविधि विद्येयकमा पाँच वर्ष कैद र १५ लाखसम्मको जरिवानाको प्रावधान त्यहि अडियो रेकर्डको मनोबैज्ञानि असर थियो । कानुन बनाएर मिश्रलाई तर्साउने र अडियो बाहिर नआओस भन्ने बास्कोटामो रणनीति सफल हुन सकेन । विद्येयक विवादमा प¥यो त्यहि विचमा मिश्रले अडियो बाहिर ल्याए र बास्कोटाको राजनीतिक पतनको यात्रा सुरु भयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij