Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संकटको भुमरीमा प्रधानमन्त्री


  • बिहिबार, फाल्गुन १५ २०७६

  • संकटको भुमरीमा प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी ओली यति बेला चौतर्फी संकटले घेरिएका छन् । संयोग नै भन्नुपर्छ आफ्ना अति निकट भनेर चिनिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटा भ्रष्टाचार काण्ड लागेर सरकारबाट बाहिरिए लगतै ओली माथि चुनौतिको पहाड आइलागेको छ । राजनीतिक रुपमा आफुलाई सहज हुँदा कसैलाई नटेर्ने ओली यतिबेला क्रमशः एक्लो र कमजोर बन्दै गइरहेका छन् ।
    तत्कालिन माओवादीलाई पार्टी भित्र समाहित गरेर सर्वशक्तिमान बनेको ओलीमाथी अहिले तिनै पूर्व माओवादी र पूर्वएमालेको शक्तिशाली पंक्ति विरुद्धमा खनिएको छ । संविधान संशोधन र जवरजस्ती पार्टी उपाध्यक्ष बनाइएका वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयलाई लिएर नेकपामा अहिले विवाद देखिएको छ । सतहमा संविधान संशोधन र गौतमको राष्ट्रिय सभा यात्रा देखिए पनि नेकपा भित्रको विवादको अन्र्तय अर्कै छ ।
    ओली शक्तिशाली बन्दै गएपछि आफ्नै दलका वरिष्ठ नेताहरुको मानमर्दन र पार्टी एकिकरणबाट आएका पूर्व माओवादीबाट आएकाहरु माथीको निरन्तर थिचोमिचो नै नेकपा भित्रको विवादको मुल चुरो हो । आलोपालो प्रधानमन्त्रीको सहमतिलाई ओलीले सिधै लत्याए । जसले गर्दा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भित्र भित्रै चिढिदै गए । कार्यकारी अधिकार हस्तान्तरणमा पनि ओलीले उतिकै बल मिचाई गरे । त्यति मात्र होइन, आफ्ना सचिवालयका सदस्य र सल्लाहकारलाई प्रयोग गरेर प्रचण्डको मानमर्दन गरिरहे । पार्टी र सरकार एकलौटी ढंगबाट सञ्चालन गरेका ओलीले प्रचण्डलाई मात्र बेवास्था गरेका होइनन, आफ्नै पार्टीका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता सिनियर नेतालाई रौं बराबर गनेनन् । सर्वसत्तावादी चरित्रको अनुपम उदाहरण बनेका ओली यतिबेला भने तिनै सहयात्रीको मारमा परेका छन् ।
    निहुँ बामदेव भएपनि ओली प्रवृतिको विरुद्ध नेकपामा गतिलै धुर्विकरण भएको देखिन्छ । सचिवालयमा स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री ओली यतिबेला पार्टीको निर्णय मान्दिन भन्ने अवस्थामा पुगेका छन् । आन्तरिक व्यवस्थापन गर्न नसके पार्टी र सरकारको नेतृत्वमा ओली टिकिरहन मुस्किल पर्ने अवस्था देखिदैछ ।
    अवस्थताको बाबजुत पार्टी र सत्ताको नेतृत्व जोगाउन ओली लडिरहेका छन् । उनले परिस्थीतिको सामना गर्ने बताएका छन् । पार्टीका वरिष्ठ नेता मध्ये सुवासचन्द्र नेम्वाङले साथ नछोडे पनि महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेलले कतिबेला धोका दिने हुन टुंगो छैन् । विपक्षी दल, मिडिया र नागरिक समाज विरुद्ध आक्रामक देखिदै आएका ओली यतिबेला भने आफ्नै कम्रेडहरुबाट घेराबन्दीमा परेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij