काठमाडौं – ७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा मनाइएको छ । राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ । बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
