काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभामा आज हुने भनिएको सम्बोधन सरेको छ ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
