Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ चयन


  • सोमबार, माघ २७ २०७६

  • नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ चयन

    काठमाडौं– नेपाल व्यवस्थापन संघको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् ।
    संघको साधारणसभाबाट निर्वाचित सदस्यहरुमध्येबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
    संघको प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्धितीय उपाध्यक्षमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समुन पोखरेल छानिएका छन् ।
    मिश्र संस्थागत सदस्यतर्फ प्रथम उपाध्यक्ष छानिएका हुन भने पोखरेल व्यक्तिगततर्फबाट द्धितीय उपाध्यक्ष छानिएका हुन् । संघको कोषाध्यक्षमा व्यक्तिगततर्फबाट अनु जोशी निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । महासचिवमा व्यक्तिगततर्फबाट धर्मानन्द अवस्थी विजयी भएका छन् ।
    संघको कार्यकारी सदस्यहरुमा तुलसीप्रसाद गौतम (प्रशासक– कर्मचारी सञ्चयकोष), रमण नेपाल (कार्यकारी निर्देशक–नागरिक लगानी कोष), कवि प्रसाद पाठक (प्रमुख कार्यकारी अधिकृत– राष्ट्रिय बीमा संस्थान), कविराज अधिकारी (सहायक प्रमुख कार्यकारी अधिकृत–राष्ट्रिय वाणिज्य बैंक) रहेका छन् ।

    यस्तै सुरेन्द्रकुमार गोयल (प्रमुख कार्यकारी अधिकृत–शिवम् सिमेन्ट लिमिटेड), व्यक्तिगततर्फबाट आशा राणा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मिलन गुरुङ, सुजन कुमार आचार्य, हेमाकुमारी अधिकारी, मोहन राजओझा र मनिष झा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij