सिन्धुली – आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको बताए ।
प्रहरीका अनुसार प्रहरी आश्रममा पुगे पजि उनलाईलाई फेला पार्न भनेको सकेको छैन ।
जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो ।
बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
