Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चेक किर्ते गरी २० लाख निकाल्ने सन्तोष घिमिरे पक्राउ


  • बिहिबार, माघ १६ २०७६

  • चेक किर्ते गरी २० लाख निकाल्ने सन्तोष घिमिरे पक्राउ

    काठमाडौं – काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका-६ बस्ने ५६ वर्षीय घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं. ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उनले रकम निकालेका थिए ।

    कार्यालय प्रयोजनका लागि जारी भएको चेकमा किर्ते गरी बढी रकम निकालेर उनी फरार भएका थिए । उनी फरार भएसँगै आवास व्यवस्थापन समाजले उनीविरुद्ध कालीमाटी वृत्तमा उजुरी दिएको थियो ।

    उजुरीको आधारमा कालीमाटी वृत्तको टोलीले उनलाई बुधबार बल्खुबाट पक्राउ गरेको थियो । घिमिरे पक्राउ परेसँगै प्रहरीले उनको डेरामा खानतलासी गर्दा कोठामा लुकाएर राखेको अवस्थामा १८ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij