Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना भाइरस नेपालसहित १६ देशमा भेटियो


  • मंगलबार, माघ १४ २०७६

  • कोरोना भाइरस नेपालसहित १६ देशमा भेटियो

    काठमाडौं – कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा हालसम्म यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् ।
    चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ । जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् । त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।

    कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका ६ जनाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

    चिनियाँ सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङमा कोरोनाका कारण पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ । ५० वर्षीय एक व्यक्तिको राजधानी बेइजिङमा कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

    चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा थपेर आइतबारसम्मका लागि दिइएको छ । वुहानलगायतका सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ । अन्य राज्य र सहरहरूमा पनि सावधानी अपनाइएको छ ।

    यद्यपि, यही भाइरसका कारण चीनभन्दा बाहिर भने अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij