काठमाडौं – नेपाल पर्यटन बोडले बोर्डको कार्यकारी प्रमुखको लागि आवेदन गर्नेमध्ये ९ जनाको संक्षिप्त सूची निकालेको छ ।
जसअनुसार काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर सो सूचीमा क्रमैसँग रहेका छन् ।
उनीहरुको व्यवसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता लिइने बोर्डले जनाएको छ । नौ जना मध्य एकले बोर्डको नेतृत्व लिने छन् ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
