Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धबाबा धरौटीमा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा


  • शुक्रबार, पुष १८ २०७६

  • सिद्धबाबा धरौटीमा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा

    काठमाडौं – सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको निर्णयका विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

    गत सोमबार  बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबालाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij