काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उपे्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंसिर १६ गते पक्राउ परेका थिए । सिद्धबाबाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
