नवलपुर- नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ ।
पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।
दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।
आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
