काठमाडौँ – स्थानीय तहको ह्याक भएको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको हो ।
सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुष ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले मंसिर ११ गते देखि पुष ४ गते सम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए ।
उनले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्याङ्क रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
