Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीबाट बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ


  • बुधबार, मंसिर २५ २०७६

  • सप्तरीबाट  बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

    सप्तरी – स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।
    ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।
    पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

    मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij