Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाँकेमा बस दुर्घटना : १२ जना घाइते


  • सोमबार, मंसिर २ २०७६

  • बाँकेमा बस दुर्घटना : १२ जना घाइते

    बाँके – दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
    ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
    दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij