Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युनिभर्सल मेडिकल कलेजका विद्यार्थी शुल्क फिर्ताको माग गर्दै रिले अनसनमा


  • शुक्रबार, कार्तिक २९ २०७६

  • युनिभर्सल मेडिकल कलेजका विद्यार्थी शुल्क फिर्ताको माग गर्दै रिले अनसनमा

    बुटवल – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् ।
    कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको कालो ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनसन बसेका छन् । विद्यार्थीका माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको विद्यार्थीले बताए ।
    रिले अनसनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी छन् । ‘माग पूरा नभएसम्म रातिसमेत बस्ने गरी रिले अनसन शुरु गरेका छौं,’ आन्दोलनरत एक विद्यार्थीले भने, ‘सरकारले बढी लिइएको शुल्क फिर्ता गर्न निर्देशन दिँदा पनि कलेजले अटेरी गरेको छ ।’

    युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको दावी छ
    युनिभर्सल मेडिकल कलेजमा कात्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij