काठमाडौं– ज्योति विकास बैंक र यूनाइटेड रेमिटविच विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा यूनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका छन् ।
प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित यूनाइटेड रेमिटले साउदि अरबजस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट यूनाइटेड रेमिटको देशरविदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
