रौतहट– भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।
भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् । बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरुलाई प्रहरीको जिम्मा लगाइएको छ ।
विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
