काभ्रे– काभ्रे जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ ।
सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा २५ यात्रु घाइते भएको जनाइएको छ । घाइते यात्रुहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
