Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुराँस लघुत्तिको साधारण सभा मंसिर १४ गते


  • आइतबार, कार्तिक २४ २०७६

  • गुराँस लघुत्तिको साधारण सभा मंसिर १४ गते

    काठमाडौं – गुराँस लघुत्ति वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते हुने भएको छ । सभा न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

    सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ देखि मंसिर १४ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

    सभामा कम्पनीले ७.६१ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५९ लाख रुपैयाँ बोनस वितरण गर्न लागेको हो । बोनस सेयरमा लाग्ने करका लागि ०.४० प्रतिशत नगद दिने प्रस्ताव पनि पेश गर्ने एजेण्डा रहेको छ ।

    सभामा कम्पनीले ‘घ’ वर्गका अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि हुनेछ । सञ्चालकहरुको भत्ता बढाउने एजेन्डा समेत छ ।

    आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij