काठमाडौं – नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेड आफ्नो स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ। उक्त कम्पनी नेपालको एकमात्र पुनर्बीमा कम्पनी हो। कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै स्वदेशी बीमकहरुको पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सुरक्षण दिनुका साथै विदेशी बीमकहरुबाट पनि पुनर्बीमा हिस्सा लिन सफल भएको छ। कम्पनीले व्यवसायको माध्यमबाट आन्तिरिक श्रोत परिचालन गर्न र बचत बहिर्गमन हुनबाट रोक्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कम्पनीले पुनर्बीमालाई अन्त्यन्त सुरक्षित ढंगले अगाडि बढाउँदै आएको छ । यसलाई मुख्यतः तीन तरीकाले व्यवस्थापन गर्दै आएको छ । पहिलो कम्पनीले संसारमा नाम चलेका ए–रेटेट पुनर्बीमा कम्पनीसँग मात्र पुनर्बीमा गर्ने नीति बनाउँदै आएको छ । दोस्रो, एकआपसमा व्यवसाय आदानप्रदान गर्नेगरी ‘पारस्परिक’ ढंगले पनि पुनर्बीमा गर्ने नीति ल्याएको छ । त्यसैगरी, कम जोखिम भएको मुलुकका कम्पनीसँग पुनर्बीमा गर्ने नीति ल्याएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
