Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योगपति रुप ज्योती पक्राउ


  • बिहिबार, कार्तिक २१ २०७६

  • उद्योगपति  रुप ज्योती पक्राउ

    काठमाडौं – उद्योगपति रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
    हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
    हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij