काठमाडौं – पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका बिजेता सार्बजनिक गरेको छ । उक्त योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यामाहाको एफ जेड एस एफआइभीथ्री मोटरसाइकल जितेका छन् ।
यसैगरी अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुवई ट्रिप जित्न सफल भएका छन् । असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
