काठमाडौं – बढी शुल्क असुल गरेको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट आफूहरुको माग नसुनेको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
काठमाडौंमा प्रदर्शनका लागि चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थी काठमाडौं आइपुगेका छन् ।
सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकराले दिएको निर्देशन पनि नमानेको, आफ्नो निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।
सरकारले तोकेको भन्दा बढी रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई मेडिकल सञ्चालकले गुण्डा लगाएर कुटपिट गरेको, सरकारले यस्ता माफियालाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गरेको आरोप उनीहरुको छ ।
विद्यार्थीहरुको आन्दोलनका कारण भोलिदेखि हुन लागेको एमबीबीएर र बीडीएसको परीक्षा पनि स्थगित भएको छ । आइओएमले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
