Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंक र यूनियन पे इन्टरनेशनलविच सहकार्य


  • मंगलबार, कार्तिक १९ २०७६

  • एनआईसी एशिया बैंक र यूनियन पे इन्टरनेशनलविच सहकार्य

    काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले यूनियन पे इन्टरनेशनलको सहकार्यमा एनआईसी एशिया यूनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा यूनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो ।
    उक्त कार्यक्रममा यूनियन पे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
    सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहकहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।

    नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त भुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ ।
    यूनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij