Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो


  • शनिबार, कार्तिक १६ २०७६

  • कृष्णनगरमा  लगाइएको कर्फ्यु हट्यो

    बुटवल – कपिलवस्तुलको कृष्णनगरमा बिहीबारदेखि लगाएको कर्फ्यु शनिबार बिहानदेखि जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।
    शनिबार बिहान ६ बजेदेखि कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    १० बुँदे सहमतिसँगै कृष्णनगरको तनाव साम्य भएकाले कर्फ्यु हटाइएको छ ।
    बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij