काठमाडौं : ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणपछि बिहीबार साँझ डिस्चार्ज भएका हुन्।
ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार गएको उनका सचिवालयले जनाएको छ ।
उपचारको क्रममा क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। केही समयअघि मात्र अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
