काठमाडौं – निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी बलत्कार प्रयास गरेको भनिएको बारे फरक- फरक दाविहरु प्रस्तुत भइरहेका छन् । आज महरा माथिको अभियोग पत्र अदालतमा दर्ता गर्ने तयारी सरकारी वकिलको छ । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेको छ । पिडित भनिएकी रोशनी शाहीले पटक -पटक आफ्नो बयान फेर्दा घटना के हो भन्ने बारेमा थप अन्यौल देखिन्छ । सुरुमा आफु माथि महराले बलत्कार गरेको दावि गरेकी रोशनीले पछि महरा आफ्नो डेरामा नै नआएको बताइन । त्यसपछि बानेश्वर प्रहरीमा उनले बलत्कार प्रयासको उजुरी दिइन । पुनः उनले अदालतमा पत्र बुझाउँदै महराले आफुमाथि कुनै दुव्र्यवहार नभएको बताइन । रोशनीको अस्थिर बयानले वास्तविकता के हो बुझ्न कठिन भइरहेको छ । महरा स्वंयमले पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । महराको मौनताले पनि घटना बारे थप अन्यौल सृजना भएको छ ।
स्रोतका अनुसार उक्त दिन महरा रोशनीको डेरामा गएको र दूई पक्षविच भनाभन हुँदा हात हालाहालको अवस्था आएको हो । विगत लामो समयदेखी महरासंग निकट रहेकी रोशनी र महराको पारिवारिक सदस्यविच घटना हुनु भन्दा अगाडी ठुलै झगडा परेको थियो । परिवारका सदस्य र रोशनीविच ठुलै झगडा भएपछि सम्झाउन महरा रोशनीको डेरामा पुगेका थिए । सोही क्रममा महरा र रोशनीविच थप झगडा हुन पुग्यो । त्यहि क्रममा महराको चस्मा फुट्यो । डिप्रेषणको विरामी रोशनीले मदिरासमेत सेवन गरेर बसेकी कारण महराले सम्झाउन गरेको प्रयास झगडामा परिणत हुन पुग्यो । हात हालहाला पछि महरा फर्किए र रोशनीले बलत्कारको आरोप लगाएको स्रोतको दावि छ । महरा आफैले पनि रोशनीलाई सम्झाउन गएको आफ्नो बयानमा भनेका छन् ।
स्रोत भन्छ – ‘पदिय मर्यादाका हिसावले पनि उक्त अप्रिय घटनालाई महराले सामसुम पार्न खोजे । जसका कारण उनी थप समस्यामा फसे । रोशनीसंगको निकट सम्बन्धलाई पनि महराले प्रष्टाउन सकेनन् । नत पारिवारिक सदस्य र रोशनीसंग भएको झगडानै बताउन चाहे ।’
महराको अनुमान विपरित रोशनीले घटनालाई अर्कै मोड दिएको स्रोतको दावि छ । त्यहिबेला नेकपाले सभामुखबाट राजीनामा गर्न दवाव दिएपछि महराको शक्तिको साम्राराज्य ढल्यो । परिस्थिती यस्तो बन्यो कि सबै कुरा महराको विपक्षमा देखियो । त्यतिबेला महराले ढाकछोप गर्न गरेको प्रयास पनि प्रतिउत्पादक रह्यो । निजि सचिवालयले महरा रोशनीको डेरामा नै नगएको भनेर विज्ञप्ती निकालेपछि उनी थप फसे । भएका केहि गल्ती र कमजोरीलाई ढाकछोप गर्न झुटको साहारा लिएपछि महरा थप संकटमा परे ।
यता प्रहरीले भने बलत्कार प्रयासमा नै मुद्धा अघि बढाएको छ । अब प्रहरीले संकलन गरेको प्रमाण र महराले आफुलाई निर्दोश सावित गर्न पेस गर्ने तर्कको आधारमा अदालती फैशला हुने देखिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
