Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वयम्भूबाट गुण्डा नाइके बाघे पक्राउ


  • शुक्रबार, कार्तिक १ २०७६

  • स्वयम्भूबाट गुण्डा नाइके बाघे पक्राउ

    काठमाडौँ – प्रहरीको महानगरीय अपराध महाशाखाले गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको छ ।
    बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
    लामा जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि लामा विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए ।
    बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाशाखा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij