Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेशनल लाईफ इन्स्योरेन्सले साधारण सभा कार्तिक २४ गते


  • सोमबार, असोज २७ २०७६

  • नेशनल लाईफ इन्स्योरेन्सले साधारण सभा कार्तिक २४ गते

    काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्सले कार्तिक २४ मा साधारण सभाको मिति घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको ४ सय १८ ‌औं बैंठकले उक्त निर्णय गरेको हो।
    साधारण सभामा चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। यस्तै साधारण सभाले शेयर संरचना पनि परिवर्तन गर्ने भएको छ।
    कम्पनीको शेयर पूँजीमा सर्वसाधारण शेयर धनीको हाल ३५ र संस्थापक शेयरधनीको ६५ प्रतिशत शेयर हिस्सा छ। अब सर्वसाधारण शेयर धनीको ४९ र संस्थापक शेयरधनीको ५१ प्रतिशत हुनेगरि शेयर संरचना परिवर्तन गरिने भएको हो।

    कम्पनीले कार्तिक १० देखि २४ सम्मको लागि शेयर करोबार बन्द गरेको छ। त्यसैले कार्तिक ७ गतेसम्म शेयर सदस्य हुनेले साधारण सभामा भाग लिन पाइने कम्पनीले प्रस्ट पारेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij