काठमाडौं– ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगञ्जमा वृक्षारोपण गरेको छ। काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगञ्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगञ्ज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ।
कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं ३ महाराजगञ्जका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए।
काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन निति अनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले ४० वटा वृक्षारोपणको लागि सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको हेतुले सिर्जना गरिएको ज्योति विकास बैंकको हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउंदै आएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
