Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने दक्षिण एसियाकै पहिलो नेपाल


  • सोमबार, असोज १३ २०७६

  • खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने दक्षिण एसियाकै पहिलो नेपाल

    काठमाडौँ नेपाल दक्षिण एसियाका राष्ट्रहरुमध्ये खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो भएको छ ।
    आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
    नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।
    कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।
    युएनलगायतका प्रतिनिधिहरुले सरसफाइमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सराहाना गरेका थिए ।
    घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका थिए ।
    देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।
    अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं,’ खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij