Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल एयरलाइन्सद्धारा ७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट


  • बुधबार, असोज १ २०७६

  • नेपाल एयरलाइन्सद्धारा ७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट

    काठमाडौं– नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
    संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए ।
    तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको प्रमाणपत्रको आधारमा टिकटमा छुट हुनेछ ।
    नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij