Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब शान्ति सेनामा जाने सिपाहीले मासिक १ लाख २७ हजार पाउने


  • मंगलबार, भाद्र ३१ २०७६

  • अब शान्ति सेनामा जाने सिपाहीले मासिक १ लाख २७ हजार  पाउने

    काठमाडौं – नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ।
    हाल सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय सेनाले गरेको हो।
    सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो।
    बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन्।
    वृद्धि गरिएको भत्तादर असोज १४ देखि लागू हुने नेपाली सेनाले जनाएको छ।
    संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।
    शान्ति सैनिकमा योगदान गरेबापत् संयुक्त राष्ट्र संघबाट नेपाली सेनाले पाउने रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको हो।
    २०३२ सालमा एक करोड २४ लाख रुपैयाँ राखेर स्थापना भएको कोषमा अहिले ४४ अर्ब रुपैयाँ छ।
    ठूलो संख्या शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौं नम्बरमा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij