Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप


  • बिहिबार, भाद्र २६ २०७६

  • रौतहटको राजपुर नगरपालिकास्थित कुडिआमा झडप

    रौतहट- रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि बुधबार साँझ झडप भएको थियो । झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

    झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । अहिले अवस्था समान्य भैसकेको समेत प्रहरीले जनाएको छ ।

    प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij