Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं प्रहरी र अपराध महाशाखाको नयाँ अत्याधुनिक भवन निर्माण सुरु


  • मंगलबार, भाद्र २४ २०७६

  • काठमाडौं प्रहरी र अपराध महाशाखाको नयाँ  अत्याधुनिक  भवन निर्माण सुरु

    काठमाडौं – काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको नयाँ भवन बन्ने भएको छ ।
    आज महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक भवन निर्माण कार्य शिलान्यास गरेका छन् ।
    २०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकाय टेकुस्थित नेसनल साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए ।
    अब भवन निर्माण भएपछि प्रहरीले अत्याधुनिक ठाउँबाट सेवा प्रवाह गर्ने महाशाखाले जनाएको छ ।
    महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा सरकारले उपलब्ध गराएको छ । भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा कार्यालय भवन निर्माण थालिएको छ ।
    भवन निर्माणसँगै अस्थायी संरचना पनि तयार गरेर भद्रकालीबाटै सेवा प्रवाह थाल्ने प्रहरीको योजना छ । प्रि–फ्याबबाट ती संरचना तयार हुने बताइएको छ ।
    जग्गा खरिदका लागि सरकारले काठमाडौं प्रहरी परिसरलाई एक अर्ब २० करोड र महशाखालाई ६७ करोड निकासा गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij