Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालीलाई जापानमा नर्सिङ केयर गिभरमा मौका


  • मंगलबार, भाद्र १७ २०७६

  • नेपालीलाई जापानमा नर्सिङ केयर गिभरमा मौका

    काठमाडौं – नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान जापान सरकारले अपौचारिक प्रक्रिया सुरु गरेको छ ।
    जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।
    भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ । यसका लागि एक हजार मात्रै आवेदन लिइनेछ ।
    यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ ।
    यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij