काठमाडौं – लुम्विनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७।०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ।
साधारणले बैंकको २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ।
बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।
देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकले सेवा दिइरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
