Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशूलीमा बस दुर्घटनाः बसमा ४५ यात्रु, मृतक तीनै जनाको सनाखत


  • शुक्रबार, साउन २४ २०७६

  • त्रिशूलीमा बस दुर्घटनाः बसमा ४५ यात्रु,  मृतक तीनै जनाको सनाखत

    धादिङ- सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।
    मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।
    ना६ख ७४६९ सृष्टि डिलक्स आज बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह ९वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

    बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ । पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

    मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ ।

    गजुरी अस्पताल धादिङमा उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु :-

    १) जि.सर्लाही गमहरिया न.पा वडा नं.८ बस्ने बर्ष ३६ को दिनेश ठाकुर

    २) ऐ.हरिपुर ७ बस्ने बर्ष ३४ को भोगेन्द्र चौधरी

    ३) ऐ.औरही गापा ७बस्ने बर्ष १५ को राहुल महत्तो मध्यम

    ४) ऐ.हरिपुर न.पा ९ बस्ने बर्ष अमृत लामा

    ५) ऐ.कबिलासी लाठी न.पा ६ बस्ने बर्ष ३१को भुपेन्द्र कुमार यादव

    ६) जि.सर्लाही कबिलासी गा.पा ४ बस्ने बर्ष ३३ बिजय राय यादव

    ७) भारत बिहार सितामणी पनौलीथाना ४ बस्ने बर्ष ४२ को भिरेन्द्र ठाकुर

    काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भैरहेको घाईते:-

    १ भारत सितामणी घर हुने अं बर्ष ४० को धिरेन्द्र ठाकुर, अबस्था बोल्न सक्ने

    २ जिल्ला सर्लाही कबिलास न.पा. ४ बस्ने अं बर्ष ३२ को बिजय यादव,अबस्था बोल्न सक्ने

    ३ जिल्ला सर्लाही हरिपुर गा.पा. ४ बस्ने अं बर्ष २८ को प्रमोद कुंवर, सह-चालक बोल्न सक्ने

    ४ जिल्ला सर्लाही मलंगवा न.पा. ११ बस्ने अं बर्ष १६ सिकिन्द्र कुमार महतो, अबस्था बोल्न सक्ने

    ५ जिल्ला सर्लाही बिष्णु गा.पा. ५ बस्ने अं बर्ष २१ को कुश रन्जम महतो, अबस्था बोल्न सक्ने

    ६ जिल्ला सर्लाही ब्रहमपुरी बस्ने अं बर्ष १६ की स्वेता रौनियार, अबस्था बोल्न सक्ने

    ७ जिल्ला सर्लाही हरिपुर घर हुने बस चालक अं बर्ष४० को जिवन बि.क., टाउकोमा चोट अबस्था गम्भिर ।

    ८ जिल्ला सर्लाही ब्रहमपुरी ६ बस्ने अं बर्ष २२ को राकेश बैठा अबस्था बोल्न सक्ने

    काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भईरहेको घाईतेहरु:-

    १) हाल नामथर वतन नखुलेको ३५/३६/ को पुरुष व्यक्ति कम्मर टाउको ढाड‚ शिरियस रिफर काठमाडौ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij