Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पियुका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घुससहित पक्राउ


  • शुक्रबार, साउन २४ २०७६

  • पियुका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घुससहित पक्राउ

    काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
    काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने नाममा लिँदै गरेको उक्त रकमसहित कोइराला बिहीबार पक्राउ परेका हुन् ।
    कोइरालालाई काठमाडौंको शेर्पा मलमा विद्यार्थीहरुबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
    पक्राउ परेका कोइरालामाथि थप अनुसन्धान भैरहेको अख्तियार निकट श्रोतले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij