Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब उपत्यका भित्रको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन हुने


  • बिहिबार, साउन २३ २०७६

  • अब उपत्यका भित्रको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन हुने

    काठमाडौं – अब काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि सरकारले छुट्टै प्राधिकरण गठन गर्ने भएको छ । संसदमा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक दर्ता भएको छ ।
    काठमाडौं उपत्यकाभित्र एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धमा नीति, अल्पकालीन तथा दीर्घकालीन योजनामा र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, विद्युतीय भाडा तथा सूचना प्रणालीको विकास गर्ने र सरकारका विभिन्न तहमा समन्वय गर्ने काम कर्तब्य र अधिकार यो प्राधिकरणलाई दिन प्रस्ताव गरिएको छ ।
    प्राधिकरण्को काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद गठन गर्न प्रस्ताव गरिएको छ । अध्यक्षमा काठमाडौंका मेयर र उपाध्यक्षमा ललितपुर महानगरका मेयरलाई राख्ने विधेयकमा प्रस्ताव गरिएको हो ।
    प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रस्ताव छ । यसरी नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतले यातायातका विषयमा अनुसन्धान गर्नेरगराउने, परिषदको निर्णय कार्यान्वयन गर्ने, प्राधिरणको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषदमा पेश गर्ने लगायतका काम तोकिएका छन् ।
    प्राधिकरण्मा आवश्यक कर्मचारी भौतिक पूर्वाधार तथा यातायात मनत्रालयबाट दरवन्दी स्वीकृत गराए लिन सकिने छ । प्राधिकरणलाई आफ्नो दायित्वहरु पूरा गर्न छुट्टै कोष सञ्चालनको अधिकार दिन पनि विधेयकमा प्रस्ताव गरिएको छ ।
    विधेयकमा प्राधिकरण वा प्राधिकरणले तकेका निरीक्षक तथा ट्राफिक प्रहरीले यातायात सम्बन्धी नियमको उल्लंघनमा १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij