Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेटः पहिरोले गुल्मीमा १० को मृत्यु


  • मंगलबार, साउन ७ २०७६

  • अपडेटः   पहिरोले गुल्मीमा १० को मृत्यु

    गुल्मी – सोमबार साझबाट परेको अविरल वर्षाको कारण गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको छ ।
    सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।
    सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो ।
    मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरुको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
    मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।
    सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् ।
    सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
    पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij