काठमाडौं– तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले अस्पतालका कार्यकारी निर्देशक डा.सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पु¥याएको योगदानको पनि खुलेर प्रशंशा गरे ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए । उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा ईकाई’ को व्यवस्था गर्ने घोषणा पनि गरे ।
साथै कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
