काठमाडौं – सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यसयता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो।
हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।
सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर आज अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
