Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम


  • बुधबार, साउन १ २०७६

  • आजबाट भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम

    काठमाडौं – सरकारले बुधबारबाट मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरेका छन् ।
    उनले भने, ‘अनुहार हेरेर काम गर्दा मोलाहिजा ९पक्षपात० हुने रहेछ । अनुहारको प्रतिक्रिया र हाउभाउले प्रभाव पार्दो रहेछ । प्रविधिको प्रयोगले विधिमा फेसलेस र प्रभावको हिसाबले मान अनुहार नै अगाडि आउँछ ।’
    प्रधानमन्त्रीको लिखित मन्तव्य राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले पढेर सुनाए ।
    भेहिकल ट्र्याकिङ सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि अतिउत्तम हुने प्रधानमन्त्रीले बताए । यसले कारोबारलाई थप पारदर्शी बनाउने प्रधानमन्त्री बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij