Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुधबारसम्मको लागि प्रतिनिधिसभा बैठक स्थगित


  • मंगलबार, असार २४ २०७६

  • बुधबारसम्मको लागि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ।
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण १५ मिनेटलाई स्थगित भएको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो।
    प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको शंकास्पद मृत्युलाई लिएर कांग्रेस र राजपाले गृहमन्त्रीको जवाफ माग गरेका थिए।
    लगत्तै गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए। तर थापाको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाले संसदीय छानबिन समितिको माग अगाडि सारेका थिए।
    संसदीय छानबिन समिति गठन गरेर पन्ध्र मिनेटका लागि स्थगित भएको बैठक सुचारु गराउन सभामुख कृष्णबहादुर महराले पहल गरेका थिए। तर सत्तारूढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएपछि बैठक सूचना मार्फत् स्थगित भएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij