Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी विकास बैंक र खल्तीबीच सहकार्य


  • आइतबार, असार २२ २०७६

  • लुम्बिनी विकास  बैंक र खल्तीबीच सहकार्य

    काठमाडौं– लुम्बिनी विकास बैंकले खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । बैंकले डिजिटल वालेट सुुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग सहकार्य गरी सेवा सञ्चालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका निर्देशक ध्रुव अधिकारीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहकार्यसँगै बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैंकिङमार्फत खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा पाउनेछन् । खल्ती वालेटमार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी तथा मेबाइल रिचार्र्जलगायत भुक्तानी गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij