Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्युठानको बड्डाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु


  • आइतबार, असार २२ २०७६

  • प्युठानको बड्डाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

    प्यूठान- प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका ४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको हो ।
    दुर्घटनामा प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दाङबाट रोल्पाको लिवाङ ९ जना यात्रु छोडेर फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारीमा खुलेको छ । लिवाङ जाने यात्रुहरुसँग चालकले यात्रुहरुसँग गाडि बिग्रिएको बताएका थिए । प्रहरीले दुर्घटनामा थप अनुसन्धान भैरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij