Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा तरकारीको विषादी नजाँच्ने निर्णयको विरोधमा आन्दोलन


  • आइतबार, असार २२ २०७६

  • नेविसंघद्धारा तरकारीको विषादी नजाँच्ने निर्णयको विरोधमा आन्दोलन

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा सडक आन्दोलन सुरु गरेको छ ।
    नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो ।
    प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन भएको थियो ।
    सरकारले असार १९ गते विहिबार मन्त्रीपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदैँ आएको छ ।
    यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij